back
Ncell

Election symbols of parties could not touch people: Ravi Lamichhane

इन्दीप कोइराला, बारा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्थापीत भनिएका पार्टीको झण्डा, नाम, चुनाव चिन्ह गाउँ-गाउँसम्म पुगे पनि पार्टीको नारा विचार सिद्धान्तले गाउँको समस्या अंकमाल गर्न नसकेको बताएका छन् ।

आइतबार बारा क्षेत्र नम्बर २ को चुनाबी सभालाई सम्बोधन गर्न आएका सभापति लामिछाने सिमरामा आयोजित पत्रकार सम्मेलनमा पार्टीहरु देश भात्र नभई विदेश फैलिए पनि त्यस्ता पार्टीहरुले आम मान्छेलाई छुन नसेके पछि आफूहरू उपस्थित भएको बताए ।

सभापति लामिछानेले वर्तमान परिस्थितिमा राजनीतिलाई सुद्धिकरण गर्दै अगाडी बढ्ने अभियानमा आफ्नों पार्टी रहेकोले समाजमा स्थापित राजनीती दलको उद्देश्य जनता प्रति उत्तरदायी नबन्दा राजनीती गलत ब्याख्याको शिकार भएकोले आफ्नों दल जनता प्रति शमप्रति रहने हालसम्मको निर्वाचित सांसदको प्रतुतिले प्रष्ट पारेको बताए ।

घण्टी बजाएर थालिएको राजनीतीक बिद्रोह मुलुकलाई ट्रयाकमा ल्याउँन युवाहरुको बिद्रोह भएकोले घण्टीको पवित्रता नै भरोसाको आधार रहेको नेपाली समाजले बुझेको लामीछानेले बताए ।

एक फरक प्रशंङ्गमा लामीछानेले राजनीतीक दलहरुले आफू भित्रको आन्तरिक लोकतन्त्रलाई महत्व नदिई कार्यकर्ताले बलियो बनाएको क्षेत्रमा नेताले आफू निकट टिकेलाई उम्मेदवार पठाउँने र दल मिलेर जिताउँने सिन्डिकेट बनाएको प्रति जनता सचेत बन्नु पर्ने बताए ।

मधेसी नेताहरुले यहाँका मुद्दालाई प्रचार गर्ने र भजाउँने आधार बनाउँदै आएको स्थानीयले बुझिसकेकले अब मधेशी जनता कसैले झुक्याउन नसक्ने बताउँदै लामीछानेले उपनिर्वाचनको तीनै क्षेत्रमा  राष्ट्रिय स्वतन्त्र पार्टी बलियो रहेको जानकारी गराए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जित्दा बारा निर्वाचन क्षेत्र नम्बर २ को विकासको लागि काम गर्ने भएकाले उम्मेदवार स्थानीय हुँनु वा बाहिरको हुँनुले खास फरक नपर्ने लामिछानेको भनाई छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले बारा क्षेत्र नम्बर २ मा चुनावी सभा आयोजना गरेको छ । चुनावी सभामा भाग लिन सो पार्टीका सभापतिसहित केन्द्रीय स्तरमा नेताहरू बारा आइपुगेका हुँन् ।

Published on 2023-04-09 20:34

You can share this post!

Slight rise in gold and silver price

Slight rise in gold and silver price

  Rastriya Samachar Samiti (RSS) Kathmandu, Jan 2: The price...

Gold and silver prices continue to rise

Gold and silver prices continue to rise

(RSS) Kathmandu, Dec 26: The prices of gold and silver...

HoR Elections, 71 days to go: Parties prepare closed lists for proportional representation   

HoR Elections, 71 days to go: Parties prepare closed lists for proportional representation   

Rastriya Samachar Samiti (RSS) Kathmandu, Dec 24: As the date...

Three restaurant and hotels fined for not meeting quality standard  

Three restaurant and hotels fined for not meeting quality standard  

Rastriya Samachar Samiti (RSS) Kathmandu, Dec 24: The Department of...

New passports to be issued within two working days   

New passports to be issued within two working days   

Rastriya Samachar Samiti (RSS) Kathmandu, Dec 24: The Department Passport...

Nepal–China joint security patrol begins

Nepal–China joint security patrol begins

Mustang, Dec 20: A joint security patrol has begun in...