काठमाडौं । बीमा रकम ठग्न सघाएको आरोपमा एक बीमा कम्पनीका कर्मचारी पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसार वैदेशिक रोजगारीमा ज्यान गुमाएका नेपालीको बीमा रकम ठग्न सघाएको आरोपमा सुर्यज्योति लाइफ इन्स्योरेन्सका जुनियर अधिकृत रहेका ३० वर्षिय उमेश बुढाथोकी पक्राउ परेका हुन् ।
उक्त ठगीका गिरोहमा संलग्न भएको आरोपमा प्रहरीले वैदेशिक रोजगार बोर्डमा कार्यरत नायब सुब्बा (कम्प्युटर अधिकृत) पशुपति अधिकारी र सुर्यज्योति लाइफ इन्स्योरेन्स (बीमा कंम्पनी)का जुनियर अधिकृत उमेश बुढाथोकी पक्राउ परेका छन् ।
अधिकारीलाई २४ गते र बीमा कम्पनीका बुढाथोकीलाई २५ गते पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।
अनुसन्धान कार्यालयले गएको शुक्रबार यसमा संलग्न वैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारीसहित ७ जनालाई सार्वजनिक गरिसकेको छ ।
Published on 2023-04-09 18:02






