back
Ncell

Bhaktapur Festival: Around 2 crore business till the fifth day

भक्तपुर । नयाँवर्ष २०८० साल तथा भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्राको अवसर पारेर ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ जारी छ । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा महोत्सव भइरहेको छ ।

भक्तपुरको अरनिको राजमार्गसंगै सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा जग्गामा जारी महोत्सवमा २ सय भन्दा बढी स्टल रहनका छन् । औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार यहाँ रहेका सम्पूर्ण स्टलहरुले करिब आजसम्म करिब २ करोड रुपैंया कारोवार गर्नेछन् ।

स्टलहरुमा मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडा, सवारसाधानलगायतका स्टलहरु रहेका छन् ।
हामीले हरेका सामाग्रीमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका छौं, अध्यक्ष महतले भने ।

आज पाचौं दिनसम्म आम सर्वसाधरणमा महोत्सवमा उल्लेखिए सहभागीता रहेको र धेरै अवलोकनकर्ताहरु अधिकांश स्टलमा गएर उत्सुकता दिएर हेर्नु भएको छ, उनले भने ।

महोत्सवमा बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै दैनिक दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक र हाँस्य व्यङ्गय सहितका मनोरञ्जनात्मक प्रस्तुती रहेको औद्योगिक शान्ति नेपाल संस्था अध्यक्ष सन्दिप महतले बताए । आयोजकले प्रवेश शुल्क रु.५० र ७० तोकेकोमा विद्यार्थी र जेष्ठ नागरिकलाई छुटको व्यवस्था गरेको छ ।

यो महोत्सव २०८० साल बैशाख ३ गतेसम्म आयोजना हुने संयोजक दीपक थापाले जानकारी दिएका छन् ।

Published on 2023-04-10 10:21

You can share this post!

Slight rise in gold and silver price

Slight rise in gold and silver price

  Rastriya Samachar Samiti (RSS) Kathmandu, Jan 2: The price...

Lions Vikings Football

Lions Vikings Football

Lainey Wilson performs at half time of an NFL football...

Gold and silver prices continue to rise

Gold and silver prices continue to rise

(RSS) Kathmandu, Dec 26: The prices of gold and silver...

HoR Elections, 71 days to go: Parties prepare closed lists for proportional representation   

HoR Elections, 71 days to go: Parties prepare closed lists for proportional representation   

Rastriya Samachar Samiti (RSS) Kathmandu, Dec 24: As the date...

Three restaurant and hotels fined for not meeting quality standard  

Three restaurant and hotels fined for not meeting quality standard  

Rastriya Samachar Samiti (RSS) Kathmandu, Dec 24: The Department of...

New passports to be issued within two working days   

New passports to be issued within two working days   

Rastriya Samachar Samiti (RSS) Kathmandu, Dec 24: The Department Passport...