काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको चैत्र २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ०७८/०७९ को मुनाफाबाट लाभांश घोषणा गरेको हो ।
बैंकले हाल कायम चुक्ता पुँजी ३.८० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२० प्रतिशत नगद गरि कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल बैंकको चुक्ता पुँजी ५१ करोड ९० लाख रहेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
Published on 2023-04-10 11:54






