back
Ncell

RSVP’s instructions to investigate MP Shrestha and submit a report

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा ढाकाकुमार श्रेष्ठले दुई करोड मागेको सार्वजनिक अडिओमाथि छानबिन गरि तीनदिनभित्र प्रतिवेदन बुझाउन पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको छ ।

प्रवक्ता तथा महामन्त्री डा मुकुल ढकालले आइतबार विज्ञप्ति निकालेर छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारवाही नगर्न नगराउन समेत डा. श्रेष्ठलाई निर्देशन दिइएको जानकारी दिएका छन् ।

विज्ञप्ति

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बन्नुभएका सांसद डा. ढाका कुमार श्रेष्ठको सञ्चारमाध्यममा सार्वजनिक भएको टेलिफोन संवादप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

डा. श्रेष्ठको स्वरमा  स्वास्थ्य मन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवाद रहेको उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छानबिन गरी ३ (तीन) दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको छ ।

यो छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारवाही नगर्न नगराउन समेत डा. श्रेष्ठलाई निर्देशन दिइएको छ । साथै केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न डा. श्रेष्ठलाई निर्देशन दिइएको छ ।

Published on 2023-04-09 17:40

You can share this post!

Slight rise in gold and silver price

Slight rise in gold and silver price

  Rastriya Samachar Samiti (RSS) Kathmandu, Jan 2: The price...

Gold and silver prices continue to rise

Gold and silver prices continue to rise

(RSS) Kathmandu, Dec 26: The prices of gold and silver...

HoR Elections, 71 days to go: Parties prepare closed lists for proportional representation   

HoR Elections, 71 days to go: Parties prepare closed lists for proportional representation   

Rastriya Samachar Samiti (RSS) Kathmandu, Dec 24: As the date...

Three restaurant and hotels fined for not meeting quality standard  

Three restaurant and hotels fined for not meeting quality standard  

Rastriya Samachar Samiti (RSS) Kathmandu, Dec 24: The Department of...

New passports to be issued within two working days   

New passports to be issued within two working days   

Rastriya Samachar Samiti (RSS) Kathmandu, Dec 24: The Department Passport...

Nepal–China joint security patrol begins

Nepal–China joint security patrol begins

Mustang, Dec 20: A joint security patrol has begun in...