back
Ncell

The finance minister said – the economic situation of the country is in trouble, the income should be increased to increase the allowance

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले सामाजिक सुरक्षा भत्ता वितरणका लागि राज्यको आम्दानी बढाउनु पर्ने बताएका छन् । आइतबार आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) ले आर्थिक क्षेत्रमा गर्नु पर्ने सुधारका विषयमा तयार पारेको प्रतिवेदन बुझ्दै अर्थमन्त्री डा. महतले राज्यसँग स्रोत साधान भएको खण्डमा गरिव तथा विपन्नहरुलाई रकम वितरण गर्नु पर्ने बताएका हुन् ।

‘सामाजिक सुरक्षा भत्ताको विषयमा हामी पछाडी परेका, शिक्षा स्वास्थ, दुर्गमता, वर्ग समूहका आधारमा स्रोत साधानले भ्याएसम्म वितरण गर्ने हो । स्रोत साधान बिना कसरी वितरण गर्नु,’ उनले भने । स्रोत साधानको उपलब्धता नभएसम्म हामीले खर्च बढाएर मात्रै नहुने उनको भनाइ थियो । ‘आम्दानी नभएको खण्डमा दिन्छु भनेर मात्रै हुँदैन्,’ अर्थमन्त्री महतले भने ।

अहिलेको आर्थिक अवस्था अप्ठ्यारोमा रहेको भन्दै यसलाई सुधार गर्नु पर्ने आवश्यकता रहेको उनको भनाइ थियो । ‘अहिलेको आर्थिक वृद्धिदर हाम्रो अपेक्षा भन्दा तल रहेको छ, लगानीको तनाब महशुस गरिरहेका छन्, शेयर मार्केटमा समस्या रहेको छ । आन्तरिक र बाह्य कारणले गर्दा राजश्व संकल निराशाजन छ,’ उनले भने । आयात निर्यातका कारण राजश्वमा संकलनमा प्रभाव परेको छ । अहिले पुँजी गत खर्चका लागि ऋणमा भर पर्नु पर्ने अवस्था रहेको उनले बताए ।

अहिलेको अवस्थालाई सहज बनाउनका लागि अर्थतन्त्राल र राष्ट्र बैंकले समन्वय गरेर काम गर्ने अर्थमन्त्रीको भनाइ थियो । सामान्य खर्चलाई कटौति गरेर अत्यावश्यक क्षेत्रमा बढी प्राथमिकता दिएर काम गर्ने अर्थमन्त्रीले प्रतिबद्धता व्यक्त गरे । ‘चाडै नै एउटा सकारात्मक परिवर्तनको महशुस हुने गरी काम गर्छौ र मेरो प्रयास पनि त्यसमा नै रहेको छ,’ उनले भने ।

आयोजनाहरु समयमा नसकिने र दायित्व बढ्दै जाने गरेकाले पनि अहिले अपेक्षा गरे अनुसार काम नभएको उनको भनाइ थियो । निकै छोटो समय भएकाले कतव्र्य निष्ट भएर काम गरेर अहिलेको अवस्थाबाट सहज अवस्थामा लैजानका लागि निरन्तर पहल गर्ने उनले बताए । उत्पादनशिल क्षेत्रमा लगानी गर्ने नीति लिने उनको भनाइ थियो । प्राथमिकताका आधारमा स्रोत जुटाएर काम गर्ने उनले बताए ।

Published on 2023-04-09 18:16

You can share this post!

Slight rise in gold and silver price

Slight rise in gold and silver price

  Rastriya Samachar Samiti (RSS) Kathmandu, Jan 2: The price...

Lions Vikings Football

Lions Vikings Football

Lainey Wilson performs at half time of an NFL football...

Gold and silver prices continue to rise

Gold and silver prices continue to rise

(RSS) Kathmandu, Dec 26: The prices of gold and silver...

HoR Elections, 71 days to go: Parties prepare closed lists for proportional representation   

HoR Elections, 71 days to go: Parties prepare closed lists for proportional representation   

Rastriya Samachar Samiti (RSS) Kathmandu, Dec 24: As the date...

Three restaurant and hotels fined for not meeting quality standard  

Three restaurant and hotels fined for not meeting quality standard  

Rastriya Samachar Samiti (RSS) Kathmandu, Dec 24: The Department of...

New passports to be issued within two working days   

New passports to be issued within two working days   

Rastriya Samachar Samiti (RSS) Kathmandu, Dec 24: The Department Passport...