back
Ncell

Ruvivally should be developed as a tourist area: President Oli

काठमाडौं। नेकपा ‘एमाले’का अध्यक्ष केपी शर्मा ओलीले रुविभ्यालीजस्ता पर्यटकीय क्षेत्रहरुको विकास र प्रवद्र्धनमा ध्यान दिन सके आर्थिक अवस्था सबल हुने विश्वास व्यक्त गरेका छन् ।

एमालेको मिसन ग्रासरुट कार्यक्रमअन्तर्गत धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीयस्थल रुविभ्यालीमा आज आयोजित जनसभा तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ५० वर्ष अगाडि जेलमा रहँदा नै रुविभ्यालीका बारेमा आफूले सुनेको स्मरण गरे।

आफूले पहिलो पटक भ्यालीमा पाइला टेकेको भए पनि यहाँ पाइने पत्थरहरुको विशेषताबारे व्याख्या गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले यहाँ पाइने रुवि पत्थर, सिलाजित लगायतका बहुमूल्य पत्थरहरु सङ्कलन गरेर सुरक्षित राखिरहेको बताएका छन् । यस्ता बहुमूल्य पत्थरहरु र खनिजपदार्थ पाइने ठाउँको विकास गर्न सरकारमार्फत आवश्यक बजेट व्यवस्थापनमा आफूले पहल गर्ने उनले बताए।

धादिङबेसीदेखि रुविभ्यालीसम्मको बाटोलाई डबल लेनसहित स्तरोन्नति गराउने कामलाई पहिलो प्राथमिकतामा राख्ने पनि उनले बताएका छन् । अध्यक्ष ओलीले यस भ्यालीको सबैभन्दा चर्चित पर्यटकीयस्थल पाङ्साङ् पाससम्म सडक सञ्जाल पु¥याउन सकिने र आफू त्यस क्षेत्रको विकासमा निरन्तर लागिरहने दोहोर्याएका छन् ।

नेपाललाई चीनसँग जोड्ने सीमा पनि यस भ्यालीमै पर्ने भएकाले यहाँका जनतालाई केरुङसम्म जाने, व्यवसाय सञ्चालन गर्ने पासको व्यवस्था मिलाउन पहल गर्ने समेत उनले बताए ।

Published on 2023-04-09 19:55

You can share this post!

Slight rise in gold and silver price

Slight rise in gold and silver price

  Rastriya Samachar Samiti (RSS) Kathmandu, Jan 2: The price...

Gold and silver prices continue to rise

Gold and silver prices continue to rise

(RSS) Kathmandu, Dec 26: The prices of gold and silver...

HoR Elections, 71 days to go: Parties prepare closed lists for proportional representation   

HoR Elections, 71 days to go: Parties prepare closed lists for proportional representation   

Rastriya Samachar Samiti (RSS) Kathmandu, Dec 24: As the date...

Three restaurant and hotels fined for not meeting quality standard  

Three restaurant and hotels fined for not meeting quality standard  

Rastriya Samachar Samiti (RSS) Kathmandu, Dec 24: The Department of...

New passports to be issued within two working days   

New passports to be issued within two working days   

Rastriya Samachar Samiti (RSS) Kathmandu, Dec 24: The Department Passport...

Nepal–China joint security patrol begins

Nepal–China joint security patrol begins

Mustang, Dec 20: A joint security patrol has begun in...